logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

चीनबाट फर्किए लगतै फेरी अमेरिका उडे माधव नेपाल,आखिर किन ?


  • राजनिती न्युज डेस्क
  • मंगलबार, बैशाख १७ २०७६

पोखरा- पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान गरेका छन । साेमबार राति पूर्व प्रधानमन्त्री नेपाल पारिवारिक कामले अमेरिका गएको सचिवालयले जनाएका छन ।

पूर्व प्रधानमन्त्री नेपाललाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । अमेरिकामा रहेका भाइकी छाेरीकाे विवाहमा सहभागी हुन अमेरिका पुगेको स्रोतले जनाएको छ।केही समय अघि देखी जिल्ला अध्यक्ष र सचिव भागबण्डामा रुष्ट रहेका नेपालको भर्मणलाई चासोको रुपमा लिएको छ। केही दिन अघि मात्र चीन भ्रर्मण सकेरा आएका नेपालको यो अर्को अमेरिका भ्रर्मणलाई चासो सहित हेरिएको छ।

नेता नेपाल वैशाख २१ गते स्वदेश फर्कनु हुने उहाँको सचिवालयले जनाएको छ । चार दिनअघि चीन जानुभएका नेता नेपाल अाइतबार मात्र स्वदेश फर्कनु भएको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार