logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

सडक खन्ने क्रममा चालक सहित एक्स्काभेटर कर्णाली नदीमा खस्यो


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

file pic file pic

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा मंगलबार एक्स्काभेटर कर्णाली नदीमा खसेको छ । खार्पुनाथ–५ स्थित कर्णली नदीको घुम्ने भिर नजिकैबाट एक्स्काभेटर खसेको थियो ।

एक्स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो ।

एक्स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उहाँको भनाइ छ । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार