logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

कक्षा १२ को परीक्षाको अनुगमन गरी बोराका बोरा चिट फेला


  • राजनीति
  • मंगलबार, बैशाख १७ २०७६

बाँके – मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला पारेको छ । नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले बोराका बोरा चित फेला परेको हो।

आठ वटा केन्द्रमा गरिएको अनुगमनपछि बोराका बोरा चिट फेला पारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा। धवलशमशेर राणाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षाको अनुगमन गरिएको भन्दै परीक्षाका जिम्मेवार निकायसँगै केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीको चेकजाँचमा कसरी यतिधेरै ठूला किताबसहितको चिट परीक्षा हलमा पुग्यो, खोजीको विषय भएको बताउनुभयो ।

मंगलबार विज्ञान (फिजिक्स)को परीक्षाको अनुगमन गरिएको हो । केही शिक्षकले स्थानीय तहले कक्षा १२ को परीक्षाको अनुगमन गर्न नपाउने भन्दै बिवाद गरेका थिए । अनुगमन टोलीले संस्थागत विद्यालयका परीक्षार्थी रहेको केन्द्रबाट बढी चिट फेला पारेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार