राजनीति
नेकपाका स्थायी समिती सदस्य हेमन्त प्रकाश ओलीले बाबु राम प्रचण्डले नेपाली क्रान्ति लाइ गम्भिर धोका दिएको भन्दै उनिहरुलाइ सहिद मन्चमा ल्याएर झुण्डाउनु पर्ने धारणा राखेका छन ।
अक्टोबर क्रान्तिको सन्दर्भमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उक्त कुरा बताएका हुन
महान अक्टोबर क्रान्तिको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बिशाल जनसभालाई संबोधन गर्दै सोहि पार्टीका स्थाई समितिी सदस्य तथा नेता हेमन्त प्रकाश ओली सुदर्शनले वावुराम प्रचण्ड टुडिखेलमा ल्याएर झुण्ड्याउनु पर्ने मान्छे भएको बताएका छन् ।
जनताका अधिकारलाई तिलाञ्जली दिएर मस्ती गर्न लागेका यीनीहरुलाई यसै छाड्न नसकिने बताउँदै अब जनताले खुल्लामञ्चमा ल्याउएर झण्डाउन पर्ने बताएका हुन ।
सिंहदरवारको अधिकार गाउँमा लाने नाउँमा भष्टचारलाई गाउँमा लान खोजिएको भन्दै गाउँबाट खेदेर फेरी काठमाण्डौं लैजान पर्ने बताएका छन् । जनतालाई डगेर मोटाउन खोज्ने दलालहरुलाई छाड्न नहुने बताएका छन् ।
अमेरिकामा निगम पुजिवादीले सत्तामा जग्गादलाल डोनाल्ड ट्रम्पलाई पुर्याए। नेपालको स्थानिय चुनावमा ७५% ठेकेदारहरु अाएका छन्। यिनिहरुले के जनताको समस्या हल गर्न सक्छन ? भन्दै सुर्दशनले अब नयाँ रुपमा अगाडी बढ्न पर्ने बताएका छन्