logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रचण्डलाई मुख्यमन्त्री राउतको चेतावनी : प्रदेशमा सरकार बनाउन दिए चुनौती


  • राजनीति
  • बुधबार, बैशाख १८ २०७६

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले प्रचण्डलाई नेकपा नेतृत्वमा सरकार बनाउन  चुनौती दिएका छन् । फोरमको उपाध्यक्षसमेत रहेका राउतले नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइको प्रतिवाद गर्दै नेकपालाई प्रदेशमा सरकार बनाउन चुनौती दिएका हुन्।

मंगलबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारले भ्रष्टाचार गरेर बेइमानी गरेकाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन सक्ने बताएका थिए ,

राउतले भने, ‘उहाँलाई सरकार बनाउन कसैले रोकेको छैन। उहाँ सरकार बनाउन स्वतन्त्र हुनुहुन्छ। उहाँकै नेतृत्वमा केन्द्रीय सरकार छ। केन्द्रीय सरकारले कत्तिको सुशासन कायम गरेको छ? बालुवाटारको जग्गालाई कत्ति संरक्षण गरेको छ? उहाँले अरुतिर हेर्नुभन्दा आफूतिर फर्केर हेर्दा राम्रो हुन्थ्यो कि।’उनले भने।

 

प्रचण्ड प्रदेश २ को सरकार ढाल्ने भन्दै दिए यस्तो चेतावनी…….

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकार ढालेर छाड्ने बताएका छन् । तराई मधेसको हितमा फोरम-राजपाको गठबन्धन सरकारले काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताएका हुन ।

‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने उनले बताए । ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ’ प्रचण्डले भने, ‘तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’

हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ ।

कार्यक्रममा तराई मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई प्रचण्डले नेकपा प्रवेश गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार