logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवले उठाएका सवै मुद्दा राजनीतिक छ्न, प्रतिबन्ध र दमन हल होइन : किरण


  • राजनीति
  • बिहिबार, बैशाख १९ २०७६

दाङ –नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई अनावश्यक रुपमा ‘हाइलाइट’ गरेको टिप्पणी गरेका छन् । उनले विप्लवले राज्यविरुद्ध सशस्त्र संघर्ष होइन भन्दाभन्दै सरकारले अनावश्यक रुपमा हाइलाइट गरिरहेको बताए ।

दाङको टरिगाउँ विमानस्थलमा बुधबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै वैद्यले भने,‘विप्लवजी आफैलेफैले स्वयं सशस्त्र संघर्ष होइन, प्रहरी र सेनामाथिको आक्रमण होइन भनिरहनु भएको छ तर, राज्यले अनावश्यकरुपमा हाइलाइट गरिरहेको छ ।’

उनले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउनु संविधान विपरित भएको बताए । ‘संविधानमा राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था कतै छैन,’ उनले भने, ‘जति कुरा विप्लवजीले उठाएका छन्, ती सबै राजनीतिक कुरा हुन्, उनलाई राज्यले राजनीतिक व्यवहार गर्नु पर्दथ्यो ।’

उनले सीके राउतसँग रातारात वार्ता गर्ने सरकारले विप्लवसँग वार्ता गर्न खास ध्यान नदिएको टिप्पणी गरे । ‘वार्तामा बोलाउनका लागि मात्रै बोलाएर हुँदैन । सीके राउतसँग वार्ता गरेजसरी विप्लवसँग किन गरिएन,’ उनले प्रश्न गरे । वैद्यले विप्लवमाथि दमन र यातना दिएर समस्याको समाधान नहुने बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार