logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी पूर्वी नवलपरासीका विद्यालय बन्द


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

नवलपरासी —नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीसहित वर्षा भएपछि हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

कावासोती नगरपालिकाका सबै विद्यालय बन्द भएका छन्। ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुने गरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमापनि विद्यालय बन्द गरिएका छन्।

कावासोतीमा बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ। पूर्वी नवलपरासीमा रहेकाे मौसम पूर्वानुमान शाखाका अनुसार कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ। हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार