राजनीति
कुवेत- कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएका एक नेपाली महिलाले प्रेमीको हत्या गरेकी छन्। कुवेतको मंगाफमा कार्यरत तनहुँका खेमबहादुर बिकको धरानकी माया गुरुङले छुरा प्रहार गरेरबुधबार हत्या गरेको हो।
बिक र गुरुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए। छाती र ढाडमा छुरा प्रहार गरिएका गुरुङको घटनास्थलमै ज्यान गएको हो।
घटनामा संलग्न रहेको अभियोगमा माया गुरुङसहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक बालक समेत रहेका छन् ।
ती बालकलाई बाबु–आमासँगै प्रहरीले लगेको हो।