राजनीति
पोखरा- महानगरीय ट्राफिक प्रहरी मशाखाले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ वानेश्वर जाने भएपछि सडक खाली गराउने सूचना जारी गरेको छ।
ट्राफिकले ३ः३० बजेदेखि महाराजगञ्जदेखि लाजिम्पाट–लैनचउर–केशरमल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माइतीघर–नयाँ वानेश्वरसम्मको सडक खाली गराउन सूचना जारी गरेको छ।
राष्ट्रपतिले ४ बजे सदनमा यो वर्षको सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ। उनी फर्किंदाका बखत पनि सडक खाली पारिनेछ।
ट्राफिकले उक्त समयमा वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ। साथै ट्राफिक व्यवस्थापनसम्बन्धी विस्तृत जानकारी लिनुपर्ने भए फने नम्बर १०३ मा सम्पर्क गर्न आग्रह गरेको छ।