logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

फानी चक्रवातको असर नेपालको हवाई क्षेत्रमा, विमान वङ्गला आकाशमै ‘होल्ड’सबै आन्तरिक उडान ठप्प


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

काठमाडौँ– फानी नामको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा परेको छ । मौसम विज्ञान विभागले चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् ।

अन्तर्राष्ट्रिय उडानहरु भने नरोकिएको उनले बताए । त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुद्ध एयरको झापा काठमाडौ र विराटनगर काठमाडौका दुई उडान उतै फर्काइएको छ ।

पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले यसअघि नै अपिल गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार