logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सतारुढ दल नेकपा परित्याग गरी ९१ जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश


  • राजनीति
  • शुक्रबार, बैशाख २० २०७६

पोखरा- नेपाली कांग्रेसले पाल्पा जिल्लाको रामपुरमा अयोजना गरेको कार्यक्रममा सतारुढ दल नेकपा परित्याग गरी ९१ जना नेता तथा कार्यकर्ता बिहिबार एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता धनराज गुरुङले कांग्रेस प्रबेश गरेका नेकपाका कार्यकर्तालाई चारतारे झन्डा मुनी स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका छन् ।

देशमा स्थिरता र सुसासन दिने बाचा सहित सत्तामा पुगेको केपी ओली र प्रचण्डले नेतृत्व गरेको दुईतिहाईको बर्तमान कम्युनिष्ट सरकार प्रती बितृष्णा बढे सगै नेकपा छोड्डै देशका कुना कुनाबाट नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम बढेको छ ।

कार्यक्रमलाई सम्बोधना गर्दै नेता गुरुङले वर्तमान सरकार भ्रष्टाचारको नमुना भएको बताए । नेता गुरुङले बर्तमान सरकारको कार्यकालामा भ्रष्टाचार, असुरक्षा, दण्डहिनता मौलाएको आरोप लगाउदै नेकपालाई मत दिने जनाताले पष्चाताप गरिरहेको पनि बताए ।

कार्यक्रमलाई नम्बर ५ प्रदेशका सांसद तथा कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई लगायत नेताहरुले सम्बोधन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार