राजनीति
रुकुम – रुकुमपूर्वमा हिमपहिरोमा परी घाइते भएका एकजनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको पहलमा पुथा उत्तरगंगा गाउँपालिका-९, खाराबाङ बस्ने १७ वर्षीय सुजन खड्कालाई उद्धार गरिएको हो।
खड्का डोल्पा जिल्लाको सदरमुकाम दुनै जाने क्रममा पुथा उत्तरगंगा गाउँपालिका-९ लालपाटनको हिउँसाङनजिक हिमपहिरोमा परी घाइते भएको खबर प्राप्त भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। उनका अनुसार खड्का हिमपहिरोमा परेर घाइतेसमेत रहेका कारण उपचारार्थ मणिपाल शिक्षण अस्पताल पोखरामा पठाइएको छ। घटनास्थल सदरमुकाम रुकुमकोटबाट ३ दिनको पैदल दूरीमा पर्छ।
तनहुँ भानु सामुदायिक वनमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला
तनहुँ – जिल्लाको भानुनगरपालिका-१ साँझबोटे स्थित भानु सामुदायिक वनमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ ।
ईलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक निरज डाँगीका अनुसार दाउराघाँस काट्न भनी जङ्गलमा हिँडेका स्थानीयले घाँस खोज्ने क्रममा पुरुषको शव सडेगलेको अवस्थामा देखेपछि प्रहरी कार्यलय भानुमा खवर गरेका थिए ।
अनदाजी ४५५० बर्षको जस्तो देखिने मृतकको शव धेरै समयदेखि कुहिएर गनाएको अवस्थामा प्रहरीले भेटेको थियो । निजको नाम र वतन भने खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।