राजनीति
काठमाडौँ-संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सरकारलाई ‘मेरो सरकार’ भनी राणाकालीन झल्को दिएकी छन्।अनेकन स्वैरकाल्पनिक योजनाका फेहरिस्त प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले मेरो सरकारले यो गरेको छ भन्दै बखान प्रस्तुत गरेकी थिइन्।
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धिको बर्ष हुने दाबी गरेकी राष्ट्रपति भण्डारी सरकारको योजनामा त्यस्तो कुनै कार्यक्रम नरहेको तथ्यबारे अनभिज्ञ देखिइन्।गणतन्त्र नेपालको सरकारको पनि राष्ट्रपति भण्डारीको एकल सरकारका रुपमा प्रस्तुत गरेकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेको नीति तथा कार्यक्रममा लगातार ‘मेरो सरकार’ भनी सम्बोधन गरेकोप्रति सांसद तथा पूर्वमन्त्री गगन थापाले कडा आपत्ति प्रकट गरेका छन्।
उनले राष्ट्रपतिको निजी सरकारको कार्यक्रम संसदमा प्रस्तुत भइरहेको र नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ आउँ होला भनी व्यंग्यसमेत प्रकट गरेका छन्।
उनले ट्विटमा लेखेका छन्, ‘म त नेपाल सरकारको जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?’