राजनीति
सत्तारुढ नेकपाका नेता झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष सुवेदीको सनसनीपूर्ण अन्तरवार्ता सार्वजनिक भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरीसमेत रहेका सन्तोष सुवेदीले बुबाहरु दलालको कोठरीमा सिद्धीन गएपछि आन्दोलनमा लाग्नुपरेका बताएका छन् ।
डिसि नेपालसँग अन्तरवार्ता दिंदै उनले आफैंले नेतृत्व गरेको आन्दोलनलाई धोका दिंदै अगाडि बढेपछि आफुँहरु जनताको हितमा आन्दोलनमा जुट्न परेको बताएका हुन् । ‘हाम्रो बुबाहरु प्रचण्डको नेतृत्वमा हिजोका दलाल, फटाहा, भ्रष्ट, सबैभन्दा बदमास मान्छेहरु जसलाई सिध्याउनु पर्छ भनेर लाग्नुभयो । आज तिनै मान्छेलाई नेता मान्ने ठाउँमा पुग्नुभयो । यो बिडम्बना हो, उहाँहरु दलाल संसदीय व्यवस्थाको नाइके बन्न जानु भयो ।’
डिसी नेपालसँगको अन्तरवार्तामा रोल्पा सेक्रेटरीसमेत रहेका सन्तोष सुवेदीले आफुँहरु शैन्य गतिविधिसहित अगाडि बढ्दै गरेकोसमेत खुलाएका छन् । सरकारले प्रतिबन्ध लगाएसँगै आफुँहरु जनमुक्ति सेनाको गठन र तालिममा जुटेको समेत सार्वजनिक गरेका छन् ।
डिसी नेपालसँग विप्लव नेतृत्वको रोल्पा सेक्रेटरी सन्तोष सुवेदीले दिएको सनसनीपूर्ण अन्तरवार्ता