logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

१० हजारको संख्यामा कर्मचारी माग गर्दै लोक सेवा !


  • राजनीति
  • शनिबार, बैशाख २१ २०७६

देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् ।
ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फाराममार्फत रिक्त कर्मचारीको विवरण पठाएका हुन् । माग भई आएका पदमा विभिन्न सेवा समूहका खरिदार, नायब सुब्बा र अधिकृत स्तरका बढी छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार कर्मचारी दरबन्दी रिक्त छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएलगत्तै स्थानीय तहमा अपुग रहेका कर्मचारीको विवरण माग गरेको थियो । केन्द्रीय लोकसेवा आयोगमार्फत स्थानीय तहको रिक्त दरबन्दीमा पदपूर्ति गर्ने उद्देश्यसहित सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त दरबन्दी विवरण माग गरेको हो ।
यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वैशाख महिनाको अन्त्यसम्ममा ठूलो संख्यामा कर्मचारी भर्ना खुल्ने बताएका छन् । राजधानी दैनिकमा खरब छापिएकाे छ ।

क्याम्पसको लागि जग खन्ने क्रममा मल्ल कालिन राजाको १९ तोला सुन १३२ तोला चाँदी भेटियो

अछाम – साँफेबगर नगरपालिका-२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ। जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१ दशमलब ६७ ग्राम सुन र १ सय ३२ तोला ७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ।

मजदुरहरु बीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको हो।सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन् ।’

विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। बिस १४०९मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताए।पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको जानकारहरु बताउँछन्।

बिहेका लागि छुट्टी नपाएपछि सुरक्षामा खटिएका जवानले हाकिमलाई गोली ठोके

भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । यस्तोमा चुनावी सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक २६ वर्षे जवानले छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका सिनियरको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । टाइम्स अफ इन्डियाको समाचारअनुसार आगामी मे २० मा तय गरिएको विवाहका लागि छुट्टी नदिएको झोंकमा उनले फायर खोलेका हुन् ।

आसाम राज्यको सशस्त्र प्रहरी बलअन्तर्गत कार्यरत लक्ष्मीकान्त बर्मनले सब इन्सपेक्टर भोलानाथ दाससँग विवाद चलिरहँदा फायर खोलेका हुन् । डिप्रेसनका विरामी उनलाई भाग्न खोज्दा फौजका अन्य सदस्यले पक्राउ गरी अस्पताल पु¥याएका छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार