logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

न्यु जेनेरेसन आमा औशीं : फेसबुकमा “हाप्पी मदर डे माई लब्ली मम ! लप यु “


  • आश तमु
  • शनिबार, बैशाख २१ २०७६

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

सोसल मिडिया फेसबुक सवैलाई जोड्ने लोक प्रिय एप्स बालबच्चा देखी बुढाबुढी सबैको रोजाईमा ! चाहे खुसीको कुनै पल होस वा दुखका कुनै घटना सामाजिक सञ्जाल फेसबुकमा पोष्ट नै भै हाल्छ। कसैको जन्मदिन होस वा कसैको देहान्त फेसबुकमा पोष्ट भइ नै हाल्छ।साढे ३ करोड नेपाली जनता रहेको नेपालमा लगभग ७० % जनसङ्ख्या फेसबुकको पाहुचमा रहेको छ।
आज माता अौसी यानिकी आमाको मुख हेर्ने दिन पनि अछुत रहन सकेन फेसबुक । आज बिहानबाटै हरेकको फेसबुक वालमा प्रोफाइल पिक देखी वाल पेपर सम्म आमाको तस्विर सङ्गै राखेर शुभकामना दिनेको लर्को धेरै छन।

कुनै खास पर्व वा जमघटका तस्बीर त विशेष रहने नै भए। आखिर हामीले जे फोटोबाट प्रदर्शन गरेका हुन्छौं त्यति नै व्यवहारमा छौँ त ? बोलाई र गराईमा तालमेल नमिल्ने त नेपाली संस्कृति नै बनेको छ भन्दा अत्तिउक्ति नहोला।

फेसबुकमा आमाले देख्छिन कि देख्दिनन् त्यो कुरा अर्कै पाटो भयो तर फेसबुकमा आमा संग कुनै बेलामौका खिचेको सबै भन्दा राम्रो र चिरिचट्ट परेको फोटो छानेर फेसबुकमा हाल्ने गरिन्छ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताउनुभयो । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । उहाँका अनुसार पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् । त्यसमध्येको एउटा किंवदन्ती यस्तो छ : धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए । आजको दिन दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिकामा रहेको थानकोट नजीकैको मातातीर्थमा मेला लाग्छ ।

कथानुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । त्याे कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार