logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बोइङ ७३७ विमान रनवे बाट चिप्लेर सेन्ट जोन्स नदीमा खस्यो


  • राजनीति
  • शनिबार, बैशाख २१ २०७६

अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ ।

उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो ।ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो । दुर्घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ ।विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार