logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

दुर्लभ तीनवटा आँखा भएको सर्प भेटियो हेर्नुस


  • राजनीति
  • शनिबार, बैशाख २१ २०७६

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा तीनवटा आँखा भएको सर्प भेटिएको छ । वन्यजन्तु विभागका अधिकारीले तीनवटा आँखा भएको तस्बिर साझा गर्दै सर्प अस्ट्रेलियाको उत्तरी क्षेत्रको सडकमा भेटिएको उल्लेख गरेका छन् ।

द नर्दन टेरिटोरी पार्कस तथा वाइल्ड लाइभ सर्भिसले यस्तो सर्प भेटिनुलाई आश्चर्य भनेको छ । कार्पेट पाइथनको बच्चा मार्चमा भेटिएको हो ।

मोन्टी पाइथन उपनाम पाएको सर्प भेटिएको केही दिनपघि मरेको थियो । टाउकोको माथिल्लो भागका सर्पको तेस्रो आँखा थियो ।

बोइङ ७३७ विमान रनवे बाट चिप्लेर सेन्ट जोन्स नदीमा खस्यो

अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खसेको छ ।

उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो ।ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेर ४० मिनेट जाँदा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लेर नदीमा खसेको थियो ।ग्वान्टानामो बेको नेभल स्टेसनबाट नेभल एयर स्टेसन ज्याकसनभिलमा विमान अवतरण गर्ने क्रममा उक्त दुर्घटना भएको नभेल एयर स्टेसन ज्याकसनभिलका प्रवक्ताले जानकारी दिए ।

दुर्घटना लगत्तै उद्धार टोली पुगेर सबैको उद्धार गरेको थियो । दुर्घटनामा कोही पनि गम्भीर घाइते नभएको बताइएको छ ।विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट लागेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार