राजनीति
भेनेजुएलामा शनिवार राजधानी काराकासनजिक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सातजनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरेर जनाएको छ ।
हेलिकप्टर काराकासबाट पश्चिमी राज्य कोहेडेसका लागि उड्न लाग्दा जमीनमा जोतिन पुगेको वक्तव्यमा उल्लिखित छ । अधिकारीहरूले दुर्घटनाको कारणका विषयमा अनुसन्धान गरिरहेका छन् ।
राष्ट्रपति निकोलास मडुरो शनिवार सेनाको तालिम हेनै कोहेडेस पुगेका थिए । उनले टेलिभिजनबाट सम्बोधन गर्दै भेनेजुएलाको सेना अमेरिकी जोखिमको सामना गर्न तयार रहेको बताएका छन् ।
मडुरोले आफू विरुद्ध अमेरिकी सरकारले कू गराउनका लागि विपक्षी नेता खुवान गुआइडोलाई उचालेको आरोप लगाउँदै आएका छन् । गुआइडोले मडुरो अवैध राष्ट्रपति भएको भन्दै आफैंलाई राष्ट्रपति घोषणा गरेका छन् ।
बीबीसीबाट
यो राष्ट्रपतिकै सरकार हो छिचिरा तर्क गर्नेहरु कुवाको भ्यागुता हुन : प्रधानमन्त्री ओली
आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा विरोध गर्नेहरुप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले रेडीमेड जवाफ फर्काएकाछन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले राष्ट्रपतिको बचाउका साथै विरोध गर्नेहरुलाइ होच्याएर जवाफ दिएकाछन । ओलीले राष्ट्रपतिप्रति टिप्पणी गर्नेहरुलाई उनले ‘कुवाको भ्यागुता’ को संज्ञा समेत दिए । उनले राष्ट्रपतिले मेरो सरकार भनेकामा प्रश्न उठाउनेहरुलाई ‘छिचरा तर्क’ मा नलाग्न चेतावनी दिए । राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपतिले सरकारलाई ‘मेरो सरकार’ भन्न पाउने र मिल्ने तर्क उनको थियो । मेरो भन्नुको अर्थ सामूहिक भन्नु रहेको भन्दै उनले राष्ट्रपति मुलुकको राष्ट्रप्रमुख भएकाले सरकारलाई मेरो भन्दा कसैले आपत्ति जनाउनुनपर्ने जिकिर गरे ।
उनले राष्ट्रपतिले मेरो सरकार भन्नु अन्तर्राष्ट्रिय अभ्याससमेत भएको सुनाए । ‘राष्ट्र प्रमुखको हैसियतले मेरो नेतृत्वको अहिलेको सरकार राष्ट्रपतिको सरकार हो’, उनलदे भने, ‘ राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने अन्तरर्राष्ट्रिय अभ्यास छ ।’ उनले भारतमा पनि गणतन्त्र रहेको र राष्ट्रपतिले मेरो सरकार भन्ने गरेको चर्चा गर्दै नेपालमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आयो भन्नु राजतन्त्रको झल्को लागेकाहरुको टिप्पणी भएको आरोप लगाए । भारतमा धेरै पहिला नै गणतन्त्र आएको र नेपालमा भर्खर राजतन्त्र गएर दुईजना मात्र राष्ट्रपति भएकाले धेरैलाई राजतन्त्रको झल्को लागेको उनको भनाइ थियो ।
उनले काँग्रेसतर्फ इंगित गर्दै कतिपय लोकतान्त्रिक शक्तिका नेताले राजतन्त्र भन्दै हिंडेको बताए । राजतन्त्रको झल्को लाग्न जरुरी नभएको पनि उनले जनाए । ‘हामीले बाहिरी संसार हेर्नुप(यो । युट्युबमा हेर्नु नि संसारभर मेरो सरकार भन्ने चलन छ ।’, ओलीले भने, ‘आजको दुनियाँमा हामीले आफूलाई कुपमण्डुक बनाउनु हुँदैन ।’ प्रणाली नबुझ्नेहरुले राष्ट्रपतिले मेरो सरकार भन्दा आपत्ति जनाएको आरोप प्रधानमन्त्रीले लगाए