logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

एक नेपाली युवा अमेरिकामा अस्ट्रेलियन युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ


  • राजनीति
  • आइतबार, बैशाख २२ २०७६

सिड्नी – एक २१ वर्षीया अस्ट्रेलियन महिलालाई सन् २०१७ को जुन महिनामा सिड्नीको कार्लटनस्थित अपार्टमेन्ट युनिटमा बलात्कार गरेको आरोप लागेका ३५ वर्षीय एक नेपालीलाई अमेरिकाले अस्ट्रेलियालाई सुपुदर्गी गरेको छ ।

ती अभियुक्तले २१ वर्षीय महिलालाई सिड्नीमा छुट्टी मनाउन अौदा यौन तथा शारीरिक शोषण गरेको आरोप लगाइएको थियो । आरोप लागेको केही समयमैँ उनले अस्ट्रेलिया छाडेका थिए ।

अस्ट्रेलियाको प्रहरीले फेडेरल (संघीय) वारेन्ट जारी गरेपछि ती आरोपित नेपालीलाई गत जनवरीमा न्यूयोर्कमा त्यहाँको प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपश्चात् उनलाई न्यूयोर्कबाट लस एन्जल्स लगियो जहाँबाट न्यूसाउथवेल्सका प्रहरीले गत बिहीबार हिरासतमा लिएका थिए ।

उनलाई शनिबार सिड्नी ल्याएर विना अनुमती यौन सम्पर्क गरेको तथा अभद्र कार्य गरेको आरोप लगाइएको छ ।

उनलाई आइतबार सिड्नीको पारामाटास्थित अदालतमा पेश गरिने न्यूसाउथवेल्स प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार