logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पोखराका बरिष्ठ उद्योगपति,एवंम पुर्ब सभासद सुर्य बहादुर केसी नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने तयारीमा


  • राजनीति
  • बिहिबार, कार्तिक ९ २०७४

पोखरा, ९ कार्तिक
मौलिक अधिकार, मानव अधिकार र नीजि सम्पत्तिमाथिको अधिकार खोसिन लागेको भन्दै पोखराका बरिष्ठ उद्योगपति, समाज सेवी एवंम पुर्ब सभासद सुर्य बहादुर केसी नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।

उनले बिहिबार पोखरामा छठ पर्वको अबसरमा शुभकामना दिदै आयोजित पत्रकार सम्मेलनमा उनले आफू लोकतान्त्रिक गठबन्धनमा लाग्ने तयारी गरेको जानकारी दिए ।

नेता केसीले अहिले पनि नेपाली काँग्रृसमा प्रवेश गर्ने बारेमा छलफल भईरहेको जानकारी दिंदै काँग्रेसी नेतृत्वसँग कुरा गरी टुंगो लगाएपछि पर्सी नेका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हतबाट पार्टी सदस्यता लिने संकेत गरे ।

विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिमा सकृय रहेका र राष्ट्रिय पजातन्त्र पार्टीबाट २०६४ सालको संविधान सभाको चुनाबमा समानुपातिक तर्फबाट सभासद बनेका केसी केही समय यता मौन बसेका थिए । उनले पत्रकारहरुसँग कुरा गर्दै अघि भने, “मैले केही समयदेखि नेकपा एमालेलाई सहयोग र समर्थन गर्दै आएको थिएँ । वामगठबन्धन बनेपछि मौलिक अधिकार, मानव अधिकार र नीजि सम्पत्तिमाथिको अधिकार खोसिन लागेको महशुश भयो र म लोकतान्त्रिक गठबन्धलाई समर्थन गर्ने पक्षमा पुगें ।” केसीले आफ्ना अति निकट्का साथीहरु बामपंथी धारमा रहेको तर हालै नेकपा एमाले र हजारौं मान्छे मारेर आएको माओबादी केन्द्र बिचको साठ्गाठले देसलाइ निरंकुशतातर्फ लैजानसक्ने टिप्पणी गरे ।

उनले आफू नेपाल हिन्दू राज्य हुनुपर्छ भन्ने पक्षमा रहेको जिकिर गर्दै नेपाली काँग्रेसभित्रै बसेर पनि नेपाल हिन्दू राष्ट्र बन्नुपर्छ भन्नेमा वकालत गरिरहने बताए ।

रास्ट्रिय प्रजातन्त्र पार्टीमा राजनितिक रुपले क्रियाशिल रहेका के .सि विगत बर्ष देखी निष्कृय र स्वतन्त्र रुपमा रहदै आएका नेता केसी सम्भबत यही कार्तिक ११ गतेका दिन नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको हातबाट काग्रेसको टिकट लिने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार