राजनीति
गोरखा – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले पक्राऊ गरेको छ। पालुङटार नगरपालिका वडा नं। ७ को खोलाघाटबाट आइतबार साँझ छ बजे प्रहरी टोलीले जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले लामो समयदेखि सो क्षेत्रमा बसेको सूचना पाएको आधारमा प्रहरी चौकी च्याङ्लीबाट खटिएका प्रहरीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको एसपी रावलले बताए।
दुवैजनालाई सोही क्षेत्रको फरक फरक ठाउँबाट नियन्त्रणमा लिइएको उनले बताए।
पक्राउको क्रममा प्रहरी र सेक्रेटरी बीच केहीबेर धकेलाधकेल भएको थियो। सो क्रममा प्रहरी र सेक्रेटरी भट्ट दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४ वटा झोला बरामद गरिएको प्रहरीले जनाएको छ।