logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भर्खरै डिभीको नतिजा सार्वजनिक, यहाँ हेर्नुहोस तपाईलाई डिभी पर्यो की परेन ?


  • राजनीति
  • सोमबार, बैशाख २३ २०७६

अमेरिकी इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१९)मा भरेको इडिभीको नतिजा सोमबार राती १२ बजेदेखि हेर्न सकिने छ ।डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ। डिभीको नतिजालाई काठमाडौंका डिभी भर्ने एजेन्सीहरुले निकै ठूलो विषयको रुपमा उठाएर पैसा समेत असुल्ने गरेका छन्। ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ।

नतिजा चेक गरेको पैसा लाग्दैन। डिभीको नतिजा कम्प्युटर प्रणालीबाट छानिने हुनाले यसमा अन्य कुनै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव रहँदैन।इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।डाइभर्सिटी भिसा लटरी प्रोग्रामलाई ग्रिन कार्ड लटरी कार्यक्रमको नामबाट चिन्ने गरिन्छ । र, यस कार्यक्रमअन्तर्गत अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासी जनसंख्यालाई स्थायी नागरिकता प्रदान गर्ने गरेको छ ।

काेटेश्वरमा शक्तिशाली टायम बम स्थिति तनावपूर्ण

राजधानी काे अति ब्यस्त शहर काेटेश्वरमा साेमवार साझ बम भेटिएको छ। कोटेश्वरस्थित बीच सडकमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेसँगै चेकजाँचको क्रममा उक्त झोलामा भेटिएको बस्तु इम्प्रोभाइस एक्सपोल्सोभि डिभाइस ( टाइम आईडी) सानो घरेलु बम रहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाने बाटोमा भेटिएको शंकास्पद झोला सेनाको टोलीले सोमबार राती डिस्पोज गरेको थियो ।

शंकास्पद वस्तु स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेसँगै घटनास्थलमा नेपाली सेनाको टोली पुगेको थियो

विप्लव नेकपाकाे स्थायी समितिकाे बैठक सम्पन्न यस्ता छन नयाँ निर्णयहरु

प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाकाे स्थायी कमिटी काे बैठक सम्पन्न भएकाे छ । गत फागुन २८ गते पार्टी माथी प्रतिबन्ध लागेपछि पहिलो पटक स्थायी कमिटी काे बैठक सम्पन्न भएकाे हाे ।

बैठकले प्रतिबन्ध पछि पार्टीको अबस्था तीन महिने संगठन सुदृढ तथा बिस्तार अभियान २ लगायत समसामयिक बिषयमा समिक्षा गरेकाे बुझिएकाे छ। स्थायी सदस्य तथा मध्यकमाण्डका इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’ काे गिरफ्तारी पश्चात् बसेकाे उक्त बैठकमा केही सांगठनिक हेरफेर गरेकाे एक नेताले जानकारी दिए ।

आगामी दिन प्रतिबन्ध काे प्रतिबाद कसरी गर्ने भन्ने बिषयमा गंभिरतापुर्वक छलफल गरेको भन्दै अब प्रतिबन्ध सबै हिसावले आफ्नाे पार्टी ले प्रतिबाद गर्नु बताए उनले प्रतिबादकाे तरिका राज्यकाे शैलिमा भर पर्ने भन्दै आफुहरु सम्पुर्ण हिसावले सक्षम रहेकाे दावी गरे ।

बैसाखकाे दाेश्राे साता नेपाल काे अज्ञात स्थानमा बसेकाे बैठकले राजनीतिक कार्यक्रम देखि नयाँ नारा पनि दिएकाे छ । उसले सरकारी प्रतिबन्ध काे प्रतिवाद लक्षित कार्यक्रमहरुकाे घाेषणा गर्ने संकेत गरेकाे छ ।

यस्ता छन नयाँ नाराहरु

१. ने.क.पा.माथिको प्रतिबन्ध खारेज गर, फासीवादी दमन बन्द गर ।
२. जनताको राजनैतिक अधिकारको रक्षा गरौं, फासीवादी दमनको प्रतिरोध गरौं ।
३. देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरु एकजुट होऔं, केपीसरकारको दमनको प्रतिरोध गरौं ।
४. सामाजिक दलाल सरकार – मुर्दावाद, ने.क.पा. जिन्दावाद ।
५. शान्ति, समृद्धि, स्वाधीनता र समानताकाा लागि वैज्ञानिक समाजवाद, दलाल ससंदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ।
६. झुठा मुद्दा खारेज गर, कमरेड सुदर्शनलगायत नेता कार्यकर्ताहरुलाई निसर्त रिहा गर।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार