logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आज बैसाख २४ गतेकाे राशिफल, कुन राशि कति शुभ? हेर्नुस्


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

आज बि.स. २०७६ साल बैशाख २४ गते मंगलबार इश्वी सन् २०१९ मे ७ तारीख वैशाख शुक्लपक्ष तृतीया तिथी रोहिणी नक्षत्र अतिगण्ड योग तैतिल करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मातंग योग सुर्य उत्तरायण वसन्त ऋतु परशुराम जयन्ती, अक्षय तृतीया, धर्मघटादि दान गर्ने दिवस, त्रेतायुगादि, लुभुमा महालक्ष्मी–भैरव यात्रा, किरात समाज सुधार दिवस, कोटेश्वर महादेवस्थानमा शिव–पार्वती विवाह महोत्सव

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सभा सम्मेलन तथा भोज भतेर जन्य कार्यमा सहभागीताको अवशर प्राप्त रहनेछ । आफन्त जनहरुको साथ सहयोगमा स्थिर क्षेत्रमा लगानिको अवशर जुट्नेछ । गरीरहेको कार्यमा पदोन्नतीको सम्भाबना समेत रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मानसम्मान प्राप्तीको सम्भाबना रहेकोछ । नजिकका मित्रजनहरु सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । आम्दानिका मनग्य श्रोत साधन फेला पर्नेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

पुराना साथीभाई हरु सगँको भेटघाट रमाइलो साथै खर्च दायक साबित रहनेछ । तपाईको कार्य सम्पादनमा भएको त्रुटिको फाईदा प्रतिपक्षीहरुले सहजै उठाउन सक्नेछन । प्रेम सम्बन्धमा भने समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सोच बिचार पुर्ण वाणीको आवश्यक रहनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपरेता पनि आम्दानि क्षेत्र सबल रहनेछ । शुभ चिन्तक हरुको साथ सहयोग द्वारा पुराना लगानि उठाउन बिशेष मद्दत मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान्यजनहरुको साथ सहयोग मार्फत जटिल कार्य सम्पादन हुनेछन । सभासम्मेलनमा सरीक हुने अवसर जुट्नाले मन प्रशन्न रहनेछ । सबारी साधनको प्रयोगमा साबधानी अपनाउनु उत्तम रहनेछ । बिद्या सफल रहनेछ ।

कन्यमा राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ । साधारण यात्राको सम्भाबना रहको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

मनमा खिन्नता उत्पन्न हुनेछ । अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । बोलिको कारण कुलकुटुम्ब सगँको सम्बन्धमा तिक्तता पैदा हुन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । अरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन । सामाजीक कार्यका निम्ति साधारण खर्च हुन सक्नेछ । बिद्या प्राप्तिको रहेको छ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । सभा सम्मेलनमा सरीक हुने अबसर जुट्नेछ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शुभ चिन्तकहरुको प्रयाप्त साथ प्राप्त हुनाले कार्यसम्पादनमा सहजता रहनेछ । पराक्रममा बृद्धि हुनेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार