logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद र ११ प्रदेशको माग ब्युँताउँदै समाजवादी पार्टी नेपाल


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

पोखरा –प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद र ११ प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार एकीकरण भएको छ ।

एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । ‘समुन्नत समाजवाद’ लाई पार्टीको प्रमुख राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरिएको छ । पार्टीका तीन शीर्ष नेतामध्ये उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष बनेका छन् । बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र अर्का नेता अशोक राई वरिष्ठ नेता रहेका छन् ।

प्रज्ञा प्रतिष्ठानको हलमा निर्धारित समयभन्दा आधा घण्टापछि एकैसाथ प्रवेश गरेका भट्टराई र यादवले खचाखच कार्यकर्ता र समर्थकमाझ एक–अर्काको पदीय जिम्मेवारी घोषणा गरेका थिए । भट्टराईले यादवलाई पार्टी अध्यक्ष र यादवले भट्टराईलाई परिषद् अध्यक्ष घोषणा गरे । कार्यक्रम करिब साढे चार घण्टा चलेको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टीको सर्वोच्च कार्यकारी भूमिकामा यादवलाई स्वीकार गरे पनि वरीयतामा को वरिष्ठ झन्ने खुलाइएको छैन । कान्तिपुर दैनिकमा खबर छापिएको छ।

नयाँ “समाजवादी पार्टी” मा यस्ता छन जम्बो २५ जना पदाधिकारी ( नामवली)

नयाँ शक्ति पार्टी नेपाल रा संघीय समाजवादी फोरम बीच एकता भएर बनेको “समाजवादी पार्टी” मा २५ जना पदाधिकारी घोषणा भएको छ । सोमबार आयोजित एकता कार्यक्रममा संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादवको घोषणा भएको हो पार्टीको वरिष्ठ नेता अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

यस्तै उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् ।

उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार