logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रचण्डले काङ्ग्रेस पछिको दोस्रो पार्टी बनाइदिन भारत सग अनुरोध गरेका थिए : अशोक मेहेता


  • राजनीति
  • शनिबार, कार्तिक ११ २०७४

राजनीतिक ब्युरो

भारतीय सेनाका पुर्व मेजर जनरल अशोक मेहेताले नेपालमा बाम गठबन्धन स्थायी र राजनीति नभएको कुरा बताएकाछन । अबको निर्वाचनमा काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी एमाले बन्न सक्ने भन्दै नेपालमा काङ्ग्रेस पछिको दोस्रो पार्टी बनाइदिन भारत सामु प्रचण्डले पटक पटक अनुरोध गरेको खुलासा गरेका छन । उनले सोहि उद्देश्य अनुसारनै  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धनको प्रस्ताव गरेको हुनसक्ने सकेत समेत गरेका छन ।

नेपाल विज्ञको पहिचान बनाएका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले एक टेलिभिजन सँग कास्कीमा कुराकानी गर्दै यस्तो खुलासा गरेका हुन् । भारतमा दक्षिण एसियाकै सुरक्षा विशेषज्ञको रुपमा परिचित मेहताले माओवादी केन्द्रका नेताहरु भारतीय संस्थापनपक्षसँग आफ्नो पार्टीलाई नेपालमा नेपाली कांग्रेसपछिको नेपालको दोस्रो ठूलो र नेपालकै पहिलो ठूलो पार्टी बनाइदिन आग्रह गरेको आफूलाई जानकारी भएको बताए ।

वामगठबन्धन निर्माणको व्यापक चर्चा भएको अवस्थामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रातारात कसैलाई थाहै नदिई किन एमालेसँग पार्टी एकता गर्ने उद्देश्यका साथ वाम गठबन्धन निर्माण गरे भनेर सर्वत्र प्रश्न गरिएको छ । यसै सन्दर्भमा उनले अघि भने, “यो कुनै वैचारिक गठबन्धन होइन । कुनैपनि बेला टुट्न सक्छ ।

मेहताले विगतको मधेशी आन्दोलन चलेका बेला चर्किएको एक मधेश एक प्रदेशको मागलाई सम्बोधन गर्ने बारेमा तात्कालीन प्रधानमन्त्र्री गिरिजाप्रसाद कोइरालाले तात्कालीन भारतीय राजदुत शिवशंकर मुखर्जीको घरमा पुगेर सहमति गरेको जानकारी दिए ।

तात्कालीन भारतले नेपालमा रहेका मधेशी दलहरुलाई एकतृत गरी राष्ट्रिय जनता पार्टी निर्माणमा आर्थिक, भौतिक लगायत सबै प्रकारका सहयोग गरिरहेको खुलाउँदै स्पष्ट नेपाली भाषा बोल्ने राजनीतिक विश्लेषक मेहताले “नेपालको संविधान संशोधनसम्बन्धी विषय भारतले हाललाई स्थगित गरेको र भविष्यमा जुनसुकै बेला यस विषयले प्राथमिकता पाउनसक्ने” संकेत गरे ।

कुराकानीका क्रममा पूर्व जनरल अशोक मेहताले नेपाली राजनीतिमा विभिन्न बहाना बनाएर चीनले हस्तक्षेप गरिरहेको पटक–पटक जिकिर गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार