logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता


  • राजनीति
  • मंगलबार, बैशाख २४ २०७६

मनाङ- स्थित मस्र्याङ्दी नदीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन् ।मनाङको नासो गाउँपालिका–३ घर भई हाल चामे गाउँपालिका–३ नयाँबजार बस्ने १९ वर्षीय रोशन गुरुङ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धानसहित खोजी कार्य जारी रहेको छ ।

कुटपिटबाट बालक घाइते

त्यसैगरी पोखराको महेन्द्रपुलमा चिरपट दाउराको प्रहारबाट एक बालक घाइते भएका छन् ।मकवानपुर घर भई हाल पोखरा–९ महेन्द्रपुलमा बस्ने २५ वर्षीय लक्ष्मी राईले चिरपट दाउराले प्रहार गर्दा सोही स्थान बस्ने सीता राईका १८ महीनाका छोरा उज्वल राई गम्भीर घाइते भएका छन् ।घाइते नाबालक उज्वलको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार