राजनीति
पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको तीन शब्दलाई लिएर नेपाली काँग्रसका सांसदहरुले आपत्ति जनाएका छन् । मंगलबार संसदमा सांसदहरुले नीति तथा कार्यक्रममाथि उठाएको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिलाई लिएर काँग्रेसले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका सांसदहरुको सोधेको प्रश्नको उत्तर दिने रोष्टममा पुग्ने वित्तिकै ‘आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्ने अभिव्यक्ति दिएका थिए
त्यसपछि काँग्रेस सांसदहरुले त्यसमा आपत्ति जनाएको थियो । प्रधानमन्त्रीले जवाफ दिन लाग्दा काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरेका थिए।
संसदमा प्रधानमन्त्रीले कांग्रेसलाई’निम्छरा’भनेपछि घम्साघम्सी, सभामुखले पेलेरै बढाए सदन
संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच घम्साघम्सी भएको छ।सभामुख कृष्णबहादुर महरा संसदको प्रमुख नभई प्रधानमन्त्रीको आदेशपालकको रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
नीति तथा कार्यक्रममाथि उठेको समग्र प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि प्रतिप्रश्नको समय दिइएको थियो। उक्त अवधिमा सांसदहरुले प्रश्न राखेका थिए।
उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले शुरु मै आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता आफूले नगर्ने बताए। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि कांग्रेसले त्यसलाई असंसदीय भाषा भन्दै विरोध जनाएको थियो । तर कांग्रेसको विरोधलाई बेवास्ता गर्दै सभामुखले प्रधानमन्त्रीलाई जवाफलाई निरन्तरता दिन आग्रह गरेपछि संसदमा प्रधानमन्त्री र कांग्रेस सांसदहरुबीच सवाल जवाफ नै भएको थियो ।
कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ।
कांग्रेसको नारावाजीकै बीच नीति तथा कार्यक्रम पारित भएको हो।आजको संसदमा संशोधन दर्ता कर्ता सांसदले फिर्ता लिने वा नलिने विषयमा जानकारी नगराउँदा समेत सभामुखले संशोधन निर्णयार्थ प्रस्तुत गरेका थिए।
सभामुख कृष्णबहादुर महरा संसदको प्रमुख नभई प्रधानमन्त्रीको आदेशपालक – गगन थापा
संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच घम्साघम्सी भएको छ।सभामुख कृष्णबहादुर महरा संसदको प्रमुख नभई प्रधानमन्त्रीको आदेशपालकको रुपमा प्रस्तुत भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
यस घटनामा सभामुख निरिह भएको कांग्रेस सांसद गगन थापाले बताए । ‘फेरि एक पटक संसदको सभामुख सभामुखको जिम्मेवारी निर्वाह गर्न सक्नुभएको छैन । व्यवस्थापिकाको प्रमुख भएर होइन कार्यपालिकाको छाँया, प्रधानमन्त्रीको आदेशपालकको रुपमा उहाँको भूमिकामा रहनुभएको छ भन्ने पुनर्पुष्टि गर्नुभएको छ’ उनले भने ।
सभामुख प्रधानमन्त्रीसँग डराएको जस्तो र आफ्नो अधिकार प्रयोग गर्न नसकेको जस्तो देखिएको थापाले बताए । यो घटनाले पार्टीको संसदीय दलमा सभामुखलाई हेर्ने दृष्टिकोणकै विषयमा छलफल गर्नुपर्ने देखिएको उनको भनाइ छ ।थापाले सरकार थप अनुदार हुँदै गएको पनि टिप्पणी गरे । ‘सरकार थप अनुदार हुँदै गएको छ, कुनै पनि निकायको मान राख्दैन भन्ने पुष्टि पनि भयो’ उनले भने ।थापाले आफूहरु अवरोधकै बीच नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा सहभागी भएको बताए । मौन बस्दा सभामुख महराले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गर्न सक्ने देखिएकाले विरोधकै बीच प्रक्रियामा सहभागी भएको उनको भनाइ थियो ।