logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेपालमा नभएको नियोजित प्रचार, स्थायी समितिको बैठक ग्रामीण ईलाकामा सम्पन्न


  • अखिल बिश्वकर्मा
  • बुधबार, बैशाख २५ २०७६

केहि दिन अगाडी मात्र नेत्र बिक्रम चन्द विप्लव नेपालमा नै नरहेको भन्ने अनलाइन मिडियाको समाचारलाइ हावा खुवाउदै प्रतिबन्धित नेकपाको स्थायी समितिको बैठक सम्पन्न भएको नेकपा स्रोतको दावी छ । प्रहरी स्रोतको हवाला दिदै  विप्लव नेपालमा नरहेको यदि भएको भए गिरफ्तार परिसक्थे भन्ने आसयका समाचारहरु आएका थिए । जुन समाचार आएको केहि केहि दिन अगाडी मात्र प्रतिबन्धित नेकपाको स्थायी समितिको बैठक मुलुकको एक अज्ञात ग्रामीण इलाकामा सम्पन्न भएको नेकपा स्रोतको दावी रहेको छ  । स्रोतका अनुसार आफ्नो पार्टीका महासचिव विप्लव मुलकमा नभएको हल्ला नियोजित सरकारी प्रचार गरे भन्दै भर्खरै मात्र ग्रामीण इलाकामा स्थायी समितिको लामो बैठक बसेको जनाएको छ ।

ओली सरकारले गत फागुन २८ गते सो पार्टी माथी प्रतिबन्ध लागाएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको जनाइएको छ ।

बैठकले सरकारले लगाएको प्रतिबन्धपछि पार्टीको अवस्था, तीन महिने संगठन सुदृढ तथा बिस्तार अभियान २ लगायत समसामयिक बिषयमा समिक्षा गरेको बुझिएको छ । स्थायी सदस्य तथा मध्यकमाण्डका इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’को गिरफ्तारी पछि बसेको उक्त बैठकमा केही सांगठनिक हेरफेर गरेको जनाइएको छ ।

आगामी दिन प्रतिबन्धको प्रतिवाद कसरी गर्ने ? भन्ने बिषयमा गंभिरतापूर्वक छलफल गरिएको छ । एक नेताले भने अब पनि प्रतिबन्धको सबै हिसावले आफ्नो पार्टीले प्रतिबाद गर्ने बताए । उनले प्रतिबादको तरिका राज्यको शैलिमा भर पर्ने भन्दै आफूहरु सम्पुर्ण हिसावले सक्षम रहेको दावी गरे ।

बैसाखको दोश्रो साता बसेको बैठकले राजनीतिक कार्यक्रमको लागि नयाँ नारा पनि दिइएको छ । सो पार्टीले सरकारी प्रतिबन्धको प्रतिवाद लक्षित कार्यक्रमहरुको घोषणा गर्ने संकेत गरेको छ ।

यस्ता छन नयाँ नाराहरु

१. नेकपामाथिको प्रतिबन्ध खारेज गर, फासीवादी दमन बन्द गर ।
२. जनताको राजनैतिक अधिकारको रक्षा गरौं, फासीवादी दमनको प्रतिरोध गरौं ।
३. देशभक्त, लोकतान्त्रिक र वामपन्थी शक्तिहरु एकजुट होऔं, केपी सरकारको दमनको प्रतिरोध गरौं ।
४. सामाजिक दलाल सरकार – मुर्दावाद, नेकपा जिन्दावाद ।
५. शान्ति, समृद्धि, स्वाधीनता र समानताकाा लागि वैज्ञानिक समाजवाद, दलाल ससंदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद ।
६. झुठा मुद्दा खारेज गर, कमरेड सुदर्शन लगायत नेता कार्यकर्ताहरुलाई निसर्त रिहा गर ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार