logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

जनभेटघाटको क्रममा विप्लव तनहुँका जनसरकार प्रमुख सहित दुई प्रकाउ,इन्चार्ज उभारको आपत्ति


  • राजनीति
  • बुधबार, बैशाख २५ २०७६

तनहुँ-  जिल्ला प्रहरी कार्यलय तनहुँले नेत्रविक्रम चन्द (विप्लव)का दुई कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बन्दीपुरगाउँपालिका-१नाहाला बस्ने ६६ वर्षीय शिवशंकर अधिकारी नेकपा (विप्लव)का जिल्ला सदस्य एवम् जनसरकार प्रमुख र व्यास नगरपालिका वडा नम्बर (७ सत्रसय बस्ने ४१ वर्षीय टेक वहादुर वि.क (विवेक) नेकपा (विप्लव)का जिल्ला सदस्य रहेका छन् ।

उनीहरुलाई भानुनगरपालिका वडा नम्बर-२ को आमबोटेबाट पक्राउ गरिएको हो । दुवै जनालाई तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रमुख विनोद सिलवालले जानकारी दिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी तनहुँका ईन्चार्ज उवारले पार्टी कामको सिलसिलामा नि:शस्त्र तरीकाले जनभेटघाट गरिरहेका बेला आफ्नो पार्टीको दुई नेताहरुलाई गिरफ्तार गरिएकोमा आपत्ति प्रकट गरेका छन् । उनले आफ्नो पार्टीका नेता गिरफ्तारीप्रति आपत्ति प्रकट गरेका हुन् । उनले विना हातहतियार भेला भै आफ्ना कुरा जनतामाझ राख्न पाउने संबैधानिक अधिकारको हनन गर्दै गैरकानुनी रुपमा गिरफ्तार नेताहरुलाई अविलम्व रिहाईको माग गरे ।

तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु

दमौली- तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेका मगरलाई स्थानीय मेडिकलमा उपचारपश्चात् थप उपचारको लागि काठमाडौँस्थित सीतापाइला अस्पताल पठाइएको थियो ।

ठक्कर दिने माइक्रोबसका चालक र माइक्रोबस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार