राजनीति
नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघा’तीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन् । नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघा’ती भइसकेको र देश नै समाप्त हुन लागेको अवस्थामा विप्लवले देशको रक्षागर्न पनि सडक आ’न्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
एक अनलाइन सग कुरा गर्ने डा.बस्नेतल अहिले देशमा सबै नेताहरु पद पाएर भ्रष्ट बनिसकेको अवस्थामा विप्लव मात्र स्वच्छ रहेकोले आफुसग कहिल्यै भेट नभएका विप्लवसँग भेट्न चाहेको उनको भनाई छ । विप्लव नेकपाले राष्टियता, नागरिकता विधेयकवि’रुद्ध र भ्रष्टचारवि’रोधी अभियानलाई अगाडि बढाइरहेकोमा आफु सकारात्मक रहेको तर राष्टियताको मु’द्धामा विप्लवजीले अझ स्पष्ट विचार किटान गरिदिनु पर्ने पूर्व जर्नेलको भनाई छ ।
एनसेल टावरमा पुन आ’क्रमण ३ वटा टावर आगोमा जले
बागलुङ – बागलुङ जिल्लामा एनसेलका तिन टावरमा अज्ञात समुहले आ’गजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ को मुलपानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेका एनसेलको टावरमा आगजनी भएको जनाएको छ ।
आ’गजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोन सेवा अव’रुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, जेनेरेटर, यूपिएस लगायतका सामग्रीमा क्षति पुगेको छ ।
मट्टितेल तथा सुकेको घाँसपात लगाएर आ’गलागी गरेको बागलुङका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी कोईरालाले बताउनुभयो । आग’जनीबाट टावरमा भएको क्ष’तिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घट’ना गराएको हुन सक्ने अनुमान गरिएको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपाले यसअघि विभिन्न समयमा चे’तावनी दिदैँ आएको थियो ।
टावरमा आ’गलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घ’टनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको बताएको छ । आ’गलागी भएका टावरहरुमा एनसेलले कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।