राजनीति
प्रतिबन्धित नेकपाका प्रभावशाली युवा नेता तथा पाेलिट ब्युराे सदस्य भरत बम रणबिरलाई प्रहरीले बुधबार नेपालगन्ज बाट गिरफ्तार गरेकाे छ ।
उपचार का क्रममा नेपालगन्ज झरेका नेता बमलाइ प्रहरीले बिनाकारण पक्राउ गरेकाे पारिवारिक स्राेत जानकारी दिएकाे छ । पार्टी केन्द्रीय कार्यालय तथा स्कुलिङग बिभागकाेे जिम्मेवारी मा रहेका नेता काे आज गिरफ्तारी भएकाे हाे ।
प्रहरीले उनलाई बिस्पाेटक पदार्थ सहित पक्राउ गरेकाे दावि गरेपनि उनी उपचार मा रहेकाे परिवारका सदस्य बताउछ । प्रतिबन्ध लगायसंगै स्थायि सदस्य हेमन्त वलि सुदर्शन पाेलिटब्युराे सदस्य जिवन्त यसअघि नै गिरफ्तार गरिसकेकाे छ।
एनसेल टावरमा पुन आक्रमण ३ वटा टावर आगोमा जले
बागलुङ – बागलुङ जिल्लामा एनसेलका तिन टावरमा अज्ञात समुहले आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ को मुलपानी, गल्कोट नगरपालिका–८ काँडेबाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेका एनसेलको टावरमा आगजनी भएको जनाएको छ ।
आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोन सेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, जेनेरेटर, यूपिएस लगायतका सामग्रीमा क्षति पुगेको छ ।
मट्टितेल तथा सुकेको घाँसपात लगाएर आगलागी गरेको बागलुङका प्रहरी नायब उपरिक्षक चिरञ्जीवी कोईरालाले बताउनुभयो । आगजनीबाट टावरमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने अनुमान गरिएको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेकपाले यसअघि विभिन्न समयमा चेतावनी दिदैँ आएको थियो ।
टावरमा आगलागी भएको देखेपछि स्थानीयले गरेको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको बताएको छ । आगलागी भएका टावरहरुमा एनसेलले कर्मचारी खटाएर मर्मतको काम थालिसकेको प्रहरीले जनाएको छ ।
विप्लवलाइ सेनाका जर्नेलको आग्रह ‘देश बचाउने आन्दोलन गर्नुस’
पाली सेनाका पूर्व जर्नेल डा.प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन् । नेपालमा सबै दल र नेताहरु भ्रष्ट अनि राष्ट्रघाती भइसकेको र देश नै समाप्त हुन लागेको अवस्थामा विप्लवले देशको रक्षागर्न पनि सडक आन्दोलनको नेतृत्व गर्नुपर्ने बताएका हुन् ।जनपाटी अनलाइन सग कुरा गर्ने डा.बस्नेतल अहिले देशमा सबै नेताहरु पद पाएर भ्रष्ट बनिसकेको अवस्थामा विप्लव मात्र स्वच्छ रहेकोले आफुसग कहिल्यै भेट नभएका विप्लवसँग भेट्न चाहेको उनको भनाई छ । विप्लव नेकपाले राष्टियता, नागरिकता विधेयकविरुद्ध र भ्रष्टचारविरोधी अभियानलाई अगाडि बढाइरहेकोमा आफु सकारात्मक रहेको तर राष्टियताको मुद्धामा विप्लवजीले अझ स्पष्ट विचार किटान गरिदिनु पर्ने पूर्व जर्नेलको भनाई छ ।