राजनीति
पोखरा- काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर विद्यासुन्दरले कसैलाई थाहा नदिई महानगरको एक अर्ब रुपैयाँ फिक्स डिपोजिटमा जम्मा गरेको आरोप लगाएकी छन्। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यबिरुद्ध आगो ओकल्दै उनले भनिन्, ‘म मेयरसाप् जस्तो असंस्कारी होइन, उहाँ त निधारमा चन्दन लगाएर पशुपति पनि पुग्नुहुन्छ, बौद्ध पनि पुग्नुहुन्छ, सम्पदा मास्न लागिपर्नुभएको छ।’
राजधानीमा बुधबार आयोजित कांग्रेस जागरण अभियानमा खड्गीले भनी ‘महानगरको एक अर्ब बजेट उहाँले कसैलाई थाहै नदिई आफ्नै व्यक्तिगत खातामा राख्नुभएछ,’ खड्गीले भनिन्, ‘तीन महिनापछि थाहा पाएँ र छक्क परेँ।’
खड्गीले खुलामञ्चमा पसल राख्ने अनुमति कसले दियो भनेर प्रश्न गर्दै आफूले पटकपटक खुलामञ्चबारे कुरा राख्दा पनि शाक्यले सुन्या नसुन्याझैँ गरेको आरोप लगाइन्।
महानगरको अधिकार केन्द्रीय सरकारले हडपेको आरोप लगाउँदै उनले भनिन्, ‘स्थानीय सरकारको अधिकार संघले लियो, यसरी नै अघि बढ्ने हो भने स्थानीय सरकार विघटन गरिदिए हुन्छ।’
सुर्खेत– कर्णाली प्रदेश सभाका सदस्यको डेरामा तोडफोर एबम चोरी भएको छ।प्रदेश राजधानी वीरेन्द्रनगरको खजुरास्थित सा८सद कुर्मराज शाहीको डेरामा मंगलबार दिउँसो तोडफोड भएको हो।
सांसद शाहीले घरमा कोही नभएको बेला मौका छोपी डेरा तोडफोड गरेर ५४ हजार नगद रुपैयाँ चोरी भएको बताएका छन्। चोरी भएको थाहा पाउन साथ डिएसपी प्रदीपबहादुर क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरीले मुचुल्का उठाएको छ।
प्रहरीको सल्लाह अनुसार बुधबार उनले जिल्ला प्रहरी कार्यालयमा चोरको खोजी गरी रकम असुली गरिदिन निवेदन दिएका छन्। प्रहरीले चोर पत्ता लगाउने आवश्वासन दिएको छ।
प्रहरीले चोरी गर्नेहरुको खोजी भइरहेको जनाएको छ। सांसद शाहीको डेरा तोडफोड भएसँगै राजधानीको सुरक्षा चुनौतीबारे प्रश्न उव्जीएको छ।