logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इतिहासकै डरपोक र काँतर सभामुख कृष्ण बहादुर महरा – सभापति शेर बहादुर देउवा


  • राजनीति
  • बुधबार, बैशाख २५ २०७६

पोखरा- इतिहासकै डरपोक र काँतर सभामुख कृष्ण बहादुर महरा भएको भन्दै नेपाली काङ्रेसका सभापति शेर बहादुर देउवाले आरोप लगाएका छन्।

‘हिमाल, पहाड,तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को देशभर एकसाथ बुधबार उद्‌घाटन गर्दै उनले भने, ‘नेपाली राजनीतिको इतिहासमा मैले यति डरपोक र काँतर सभामुख देखेकै छैन। हामीले गैर संसदीय अभ्‍यास भयो भन्दा उनी सरकारकै पक्षमा लागिरहे।’

देउवा उनीविरुद्ध मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजी र अवरोधका बीच पनि सभामुख महराले संसद चलाएर नीति तथा कायक्रम पारित गरेपछि खनिएका हुन् ।

सभापति देउवाले संसद जहिले पनि प्रतिपक्षी दलको भएको र सत्ता जहिले सरकारको हुँदै गरेकोमा यसपटक भने ठीक उल्टो भएको दाबी गरे। उनले भने, ‘संसदीय परम्परामा संसद भनेको प्रतिपक्षी र सत्ता भनेको सरकारको हुन्छ तर, यहाँ त उल्टो बाटो रोज्नुभो सभामुखले आफैँ डरले।’

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको महारानीभन्दा पनि बढ्ता भएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको भ्यन्दै उनले सरकारको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै आएका थिए।

उनले भने, ‘पहिला राजाको पालामा हिज म्याजेस्टी गभर्मेन्ट भनेजस्तै अहिले राष्ट्रपति भण्डारीले हिज म्‍याजेस्टी विद्यादेवीज गभर्मेन्ट भनिरहेकी छिन्।’

कम्युनिष्टहरुले शासन सत्तामा आएपछि अधिनायकवाद लाद्छ भनेको जस्तै अहिलेको नेकपाको सरकारले हाकाहाकी त्यही लक्षण देखाइरहेको उनको भनाइ छ।

अधिकांश समय सरकारको नीति तथा कार्यक्रममा खर्चिएका सभापति देउवाले भने, ‘अब कम्‍युनिष्ट सरकारले हस्तक्षेप गर्नुपर्ने लक्षण देखाउन थालिसके।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार