राजनीति
धानमन्त्री केपी शर्मा ओली आज भियतनाम प्रस्थान गरेका छन् ।भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र उच्च पदस्त व्यक्तिहरूले बिदाइ गरेका छन् ।
६ दिने भ्रमका क्रममा प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । त्यहाँ ३० गतेसम्म व्यस्त रहनेछन् । भियनतामको भ्रमण सकाएर ३० गेते नै कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ ।
दुबै देशको भ्रमणमा रहँदा प्रधानमन्त्रीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्रीको उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधा घन्टा अन्य उडान रोकिएको विमानस्थल प्रशासनले जनाएको छ। जसले गर्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रोकिएका थिए।
ओलीको भ्रमण दल ४२ सदस्यीय हुने भएको छ। ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेका हुन्।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी, चिफ आफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा र वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी छन्।
त्यस्तै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ छन्।
भ्रमण दलमा परराष्ट्र मन्त्रालयका सह–सचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल समेत छन्।
त्यस्तै ओलीकी निजी चिकित्सक डा।दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल, ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत छन्।