राजनीति
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिबी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।
आज शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।
युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो ।
यो पनि पढ्नुहोस
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ परेका छन्।
रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएकाछन ।
पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।