राजनीति
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले संसदवादीहरुले कर्णालीका जनतालाइ थप उत्पीडन र दमन गरेको बताएका छन। 
प्रकाण्डले कर्णालीका जनता र नेता रगतको भेलबाट जन्मिएको सपना जोगाएर राख्न सक्षम रहेको बताएका छन । दलाल र लुट खसोट गर्नेहरु बाट नेपाललाई मुक्त गराउन दलाल व्यवस्थाबाट सम्भव नभएकाले यसको अन्त्य यहि ब्यवस्था र चुनाव बाट संभावना नरहेको भन्दै गाउ गाउ बाट दलाल र तिनका प्रतिनिधिलाइ लखेट्नु पर्ने धारणा राखेका छन ।
नेपाली जनताले दश वर्ष लडेर प्राप्त गरेको अधिकार खोसिएको भन्दै अब उनिहरुको विरुद्ध अन्तिम संघर्ष गर्नु पर्ने धारण व्यक्त गरेका छन । कालिकोटको सदरमुकाम मान्मा बजारमा आयोजना गरिएको बिशाल जनसभा लाइ सम्बोधन गर्दै प्रचण्ड र बाबुरामको दिमागमा क्रान्ति रित्तिसकेको भन्दै कुनै पनि भ्रममा नपर्न अपिल गरेका छन ।