राजनीति
धनकुटा- धनकुटालाई राजधानी प्रस्ताव गर्छु भने ढाटेर बिराटनगरलाई मतदा धनकुटामा प्रदेश सभाका सांसदहरुलाई कालो झण्डा देखाएका छन ।
सम्वाद समुहको कार्यक्रमको लागि धनकुटामा आएको प्रदेश सभाका सांसदहरुलाई धनकुटा राजधानी बचाउ समिति र प्रादेशिक राजधानी अभियान समितिले धनकुटाको मदन चौक छेउ पत्रकार महासंघ अगाडि कालो झण्डा देखाएर विरोध गरेका छन ।
सो अवसरमा प्रदेश सभा सदस्यहरु इन्द्रमणी पराजुली,निरन राई,लिला सुब्बा,कुसुम कुमारी श्रेष्ठ हुनुहुन्थ्यो । सम्वाद समुहले धनकुटामो अयोजना गरेको कार्यक्रमकमा सहभागी सांसदहरुले केन्द्रिय पार्टीको ह्पि ले गर्दा विराटनगरलाई मतदान गर्न बाध्य बनाएकोले अव धनकुटको विकास समृद्धीमा सक्रिय पूर्वक लाग्ने र धनकुटालाई बचाउन सशक्र ढंगले लाग्ने वताए ।