logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अखिल (क्रान्तिकारी) कैलाली अध्यक्ष सिंह गिरफ्तार


  • राजनीति
  • शुक्रबार, बैशाख २७ २०७६

कैलाली- नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई शुक्रबार गिरफ्तार गरेको छ ।

धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको हो ।

पत्रकार सम्मेलनमा भाषण गर्दै गर्दा यसरी समातिए विप्लवका विद्यार्थी अध्यक्ष ढकाल

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’का केन्द्रीय अध्यक्ष चीरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

अनामनगरस्थित युनियन हाउसमा शुक्रबार ११ विद्यार्थी संगठनले संयुक्त रुपमा आह्वान गरेको एक कार्यक्रमबाट ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

११ विद्यार्थी संगठनले शैक्षिक सुधारका लागि १४ बुँदे मागसहित संयुक्त पत्रकार सम्मेलन आयोजा गरेका थिए । पत्रकार सम्मेलन आयोजना हुनुअगावै त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ परेका छन्।

रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएकाछन ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

क्रान्तिकारीका अध्यक्ष गैरे गिरफ्तार

पाल्पा । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरै पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

सरकारले नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए ।

पक्राउ परेका गैरे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सदस्य समेत हुन् ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार