logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

देशभर आमसभा गर्दै बाबुराम उपेन्द्र,कहाँ कस्ले सम्बाेधन गर्दैछ मितीसहित हेर्नुस्


  • राजनीति
  • शनिबार, बैशाख २८ २०७६

अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व काे नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

मुलुकका ठुला शहरमा  सम्बोधन गर्ने कार्यक्रम बनाइएका छन् काठमाडौं  भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताए ।

पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौँसहित देशका आठ शहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।

सहअध्यक्ष श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसङ्गठन एकीकरणलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । समाजवादी पार्टीको प्रदेश नं ६ र ७ बाहेक सबै प्रदेशमा सङगठन रहेको पनि उनले जानकरी दिए । समाजवादी पार्टीका १९ सांसद छन् ।

कार्यक्रम तालिकाअनुसार

आगामी जेठ ११ गते विराटनगर

१२ गतेजनकपुर,

१३ गते वीरगञ्ज,

१७ गते भैरहवा,

१८ गते नेपालगञ्ज,

१९ गते सुर्खेत,

२१ गते धनगढी

२५ गते पोखरामा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार