logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाका महासचिव बिष्णु पाैड्याल बिरुद्ध कांग्रेसकाे खेद प्रस्ताव


  • राजनीति
  • शनिबार, बैशाख २८ २०७६

सत्तारूढ दल नेकपा का महासचिव बिष्णु पैाड्यालकाे गृह जिल्ला रुपन्देहीको बुटवलमा पैड्याल बिरुद्ध खेद प्रस्ताव पारित भएकाे छ। बुटवल, २८ वैशाख– नेपाली काँग्रेस बुटवलले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडलविरुद्ध खेद प्रस्ताव पारित गरेको छ ।

काँग्रेस बुटवल नगर सम्मेलनले पौडेलविरुद्ध खेद प्रस्ताव पारित गरेको हो । नगर सभापति खेलराज पाण्डेले सम्मेलनमा पेस गरेको प्रतिवेदनमा पौडेलविरुद्ध खेद प्रस्ताव पासरत गर्ने प्रस्ताव राखेका थिए ।
सम्मेलनले सर्वसम्मतिले पौडेलविरुद्ध खेल प्रस्ताव पारित गरेको छ । महासचिव पौडेल रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य समेत हुन् । पौडेलले किर्ते गरी व्यक्तिका नाममा ल्याइएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामध्ये ८ आना छोराको नाममा पास गरेका थिए । उक्त प्रकरणमा सरकारले हाल छानबिन जारी राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार