logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको कार्यक्रममा पत्रकारहरु द्दारा बहिष्कार,पत्रकार नपुगे पछी


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

नुवाकोट- नुवाकोटमा नेपाल प्रेस युनियनले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।

नुवाकोट सदरमुकाम बिदुरस्थित आईतबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।

नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले बताएका छन ।

अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए

 

८ हजार रुपैयाको लागी कुनै बेला सीतालाई यसरी कुटेका थिए प्रचण्डले….

पोखरा-तत्कालीन माओवादीका शक्तिशाली तर हाल नेकपाका निरीह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वेडिङ एनिभर्सरी परेको छ। बिहे भएको ५० वर्ष पुगेको छ। स्वर्ण जयन्ती मनाइन्छ ५० वर्ष पुग्दा। सीता दाहालको स्वास्थ्य एक्लो छोरा प्रकाश बितेदेखि बिग्रेको छ। उपचारका लागि अमेरिकासम्म पुगिसके पनि पूर्ण स्वस्थ हुन सकेको देखिँदैन।

प्रचण्डले श्रीमतीलाई जमानामा कुटेको खुलासा एउटा पुस्तकमा भएको थियो।प्रचण्ड जनयुद्धमा पनि उनी साथै रहिन्। टाउकोको मोल तोकिएको बेलादेखि देशका प्रधानमन्त्री हुँदासम्म प्रचण्डलाई सीताले साथ दिइरहेकी छिन्। उनै सीतालाई प्रचण्डले पैसा दिएन भनेर ड्याम कि ड्याम कुटेको कुरा अनौठो लाग्ने रहेछ।

२०५१ सालतिरको कुरा रहेछ। प्रचण्ड त्यतिबेला नेकपा मोटो मशालका हर्ताकर्ता। जनयुद्धको नीति पार्टीले पारित गरिसकेको। जनयुद्ध भनेर कागजमा लेखेर मात्र त भएन। हतियारदेखि अरु सामान किन्नै‍ पर्‌यो। त्यसका लागि पार्टीले केन्द्रीय समितिमा रहेका सदस्यहरुबाट आर्थिक सहयोग लिने निर्णय गर्‌यो। पार्टीका महामन्त्री रहेका प्रचण्डको भागमा परेछ ८ हजार रुपैयाँ।८ हजार रुपैयाँ अहिले सुन्दा धेरै पैसा जस्तो लाग्दैन। तर त्यतिबेला धेरै नै थियो। पार्टीको निर्णयपछि अरु नेताहरुले धमाधम आफ्नो भागमा परेको पैसा बुझाउन थाले।

प्रचण्डले पनि बुझाउनु पर्ने भयो। अनि उनले घर सल्लाह गरेछन्। ८ हजार रुपै‍याँ कहाँ पाउनु! घरमा थिएन। तत्काल जुटाउन पनि सक्ने स्थिति छैन।हेर बूढी हाम्रो त्यो १ कट्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भनेर प्रचण्डले सीतालाई भने। तर सीताले मानिनन्। कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान लिइन्। प्रचण्ड चुप बसे त्यतिबेला।

त्यतिबेला प्रचण्ड बस्थे चितवनको भीमसेन नगरमा। पार्टीका अरु सदस्यहरु पनि प्रचण्ड बसेको ठाउँ वरपर नै डेरा लिएर बस्थे। अरु नेताहरुले पैसा बुझाइसक्दा पनि पार्टी प्रमुख प्रचण्डले बुझाएका थिएनन्।एक दिन प्रचण्ड पत्नी सीता ग्वाँ ग्वाँ रुँदै नजिकै रहेको कमरेडहरुको डेरामा पुगिछिन्। त्यतिबेला कोठामा खम्बसि‍ह कुँवर ‘काजिसाब’, दीपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए। पछि प्रचण्डका भाइ नारायण दाहाल र इन्द्रविलास पौडेल पनि आइपुगेछन्।यो प्रसंग उनै असारे काकाले लेखेको संघर्षका पाइला नाम पुस्तकमा प्रचण्ड र सीताबीच विवाद शीर्षकमा उल्लेख भएको खुलासा जनआस्थाले गरेको थियो।

पैसाका लागि जग्गा बेच्न नदिने अडान राखेकी सीतालाई प्रचण्डले अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँटले ढु्ट्याएपछि उनी रुँदै गुहार माग्न आएको प्रस‍ंग उल्लेख गर्दै असारे काकाले लेखेका छन्, ‘हामीलाई समस्या परिहाल्यो। आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो। आन्तरिक रुपमा समाधान गर्न हामी लाग्यौँ। तर यस घटनाले पार्टीपङ्क्तिमा निकै ठूलो तरङ्ग आयो।’सबै कमरेडले पैसा बुझाइसक्दा पनि आफूले दिन नसकेको र यसको कारण स्वास्नी सीता नै रहेको ठहर गर्दै यही झोँकमा प्रचण्डले सीतालाई छातैछाताले भकुरेका रहेछन्। लगातार लोग्नेको आक्रमणबाट बच्नकै लागि उम्किएर गुहार माग्न पुगेकी रहिछिन्।

किताबमा लेखिएको छ- ‘प्रचण्ड र सीतालाई राखेर समस्या समाधान गर्ने काम भयो। त्यतिबेला मध्यस्थता गर्ने कमरेडहरुले यस कान्डमा प्रचण्डले नै अति गरेको महसुस गरे। उनीहरुको निश्कर्ष थियो आखिर पार्टीको निर्णय लागू गर्न भन्दै प्रचण्ड यो स्तरमा नउत्रिन पर्थ्यो। उता सीताको जिद्दी स्वभावलाई पनि कमरेडहरुले इङ्गित गरेका थिए। सीताले पनि आफ्ना कमजोरी स्वीकार्नुपर्छ। सो जग्गामा प्रचण्डको पनि हक छ भनेर सीताले नबुझेर जिद्दी गरेकी थिइन्। त्यतिबेला अरु कमरेडले महामन्त्री रहेका प्रचण्डलाई भने कि नेतृत्व भएर त्यस्तो उत्तेजित हुनु हुँदैनथ्यो। अन्त्यमा यसको समाधान नेता कमरेडहरुको रोहवरमा प्रचण्ड र सीता दुवैले गल्ती स्वीकार गरी आत्मालोचना गरी टुङ्ग्याइएको थियो।’

सीताले पिटे पनि जग्गा बेच्न नदिएको भए पार्टीको निर्णय कार्यान्वयन नगरेको भनेर प्रचण्डलाई कारबाही पो हुन्थ्यो कि र यही कारण जनयुद्ध नै पो नहुन्थ्यो कि भनेर अब सोच्नु बेकार छ।लोग्ने स्वास्नीको झगडा- परालको आगो। हरेक घरमा लोग्ने र स्वास्नीबीच झगडा भएकै हुन्छ। त्यसैले यही कुरालाई एनिभर्सरीको दिनमा किन उठाइस् निम्छरो ब्लग भनेर नभन्नुहोला है। यसो रोचक लागेर सम्झाइदिएको कुरा। भन्नुभए पनि केही गर्न सकिएन, चुपै बस्न बाहेक के नै गर्न सकिन्छ र।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार