logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मलेशियाली राजदूतको नेपालमा शंकास्पद गतिविधि !


  • रामु सापकोटा
  • आइतबार, बैशाख २९ २०७६

पोखरा- नेपालस्थित मलेशियाका कार्यवाहक राजदूत अहमद फाडिल इस्माइलले दुई देशबीच भएको श्रम समझदारी विपरित कारबाहीमा परेका कम्पनीलाई काम दिन श्रम मन्त्रालयलाई पत्र पठाएका छन्।

यसले राजदूत इस्माइलको भूमिका शंकास्पद देखिएको खबर आजको हिमाल साप्ताहिकमा रामु सापकोटाले लेखेका छन्।

श्रम मन्त्रालयले स्वास्थ्य संस्था सूचीकरणको काम गरिरहँदा काठमाडौँस्थित मलेशियाली दूताबासले मन्त्रालयलाई २५ चैत ०७५ मा एउटा पत्र पठायो।

दूताबासको पत्रमा बेस्टिनेट एसडिएन बीएचडी भन्ने कम्पनी मार्फत कामदारको स्वास्थ्य परीक्षण गर्ने बायो मेडिकल सिस्टम नेपालका ३७ वटा स्वास्थ्य संस्थालाई दिइएको उल्लेख छ।

बेस्टिनेट नेपाली कामदार ठगि गर्ने संस्था हो। जसलाई मलेसिया सरकारले २९ साउन ०७५ मा निलम्बन गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार