logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सवैको अगाडी डा भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै सांसद सुरेन्द्र पाण्डेले गरे व्यङ्य


  • राजनिती न्युज डेस्क
  • आइतबार, बैशाख २९ २०७६

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको भन्दै नेकपाका सांसद सुरेन्द्र पाण्डेले व्यङ्य गरेका छन। बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्र्दभिक नभएको भन्दै उनले भट्ट्राइको कुरालाई प्रतिवाद गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद पाण्डेले यस्तो कुरा बताएका हुन् । पूर्व प्रधानान्त्री बाबुराम भट्टराईलगत्तै आफ्नो धारणा राख्न रोस्टम पुगेका सांसद पाण्डेले भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताए ।

उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे । उनले भने, “१९८० को दशकमा पूर्व कम्युनिष्टहरुपनि जुन देशमा क्रान्तिहरु गर्न सकेनन् र असफल भइसकेपछि निरास मानिसहरुले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिष्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जादैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भिउज्हरु त्यस सिलसिलामा जन्म भए । राइटिस्हरुभित्र पनि एक खालका राइटिसहरुबाट विरक्तिएकाहरु लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरुले यस खालका विचारहरु ल्याए, तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी , कुनै कुराहरु बाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो । यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ ।”

आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्र्दभिक नभएको दाबी पनि सांसद पाण्डेले गरे । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।

अन्तरप्रदेशको समन्वय गर्ने गरि स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार