logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्री बास्कोटालाई सभापति देउवाको जवाफ ‘जय नेपाल नभनेर के भन्ने त ? जय इन्डिया, जय चीन भन्ने ?


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

पोखरा- केहि दिन अघि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसले महेन्द्रकालीन जय नेपाल बोकेर हिँडेको छ भन्ने दिएको अभिव्यक्तिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कडा शव्दमा प्रतिवाद गर्दै उल्टै प्रशन गरेका छन।

आइतबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा देउवाले जय नेपाल सम्बोधन नगरे के भनेर सम्बोधन गर्ने भन्दै प्रश्न गरेका हुन ।सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसले महेन्द्रकालीन जय नेपाल बोकेर हिँडेको छ भन्ने अभिव्यक्ति दिएकोमा देउवाले प्रश्न गरे, ‘जय नेपाल भनेको त नेपालको जय भनेको हो नि।’

भने, ‘जय नेपाल नभनेर के भन्ने त? जय इन्डिया, जय चीन भन्ने?’

नीति तथा कार्यक्रममा राष्ट्रपतिले नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेपछि शब्दलाई लिएर प्रतिपक्षले अनावश्यक विरोध गरेको भन्दै प्रवक्ता बाँस्कोटाले जय नेपाल, मेरो सरकार शब्द डिस्नेरीबाटै हटाउनुपर्ने हो भनेर बिहीबार प्रश्न गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार