logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भोलि सोमबार सार्वजनिक बिदा


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

पोखरा- प्रदेश नम्बर २ सरकारले भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति निकालेर जानकी नवमीलाई भब्यता प्रदान गर्दै हर्सोल्लासपूर्वक मनाउन बिदा दिएको उल्लेख गरेका छन्।

क्रिकेटर सन्दीप लामिछाने रहेको विमान २ घण्टा आकाशमै होल्ड,दश फन्को मारे आखिर किन ?

आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको लामिछानेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।’

आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका नेपाली युवा स्टार लामिछानी आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका थियो। खराब मौसमका कारण विमान करिब २ घन्टा आकाशमा फन्को मार्दै उडेको थियो।

गत वर्ष तीन खेल खेलेका सन्दीपले यसपटक ६ खेल खेल्न पाउनुलाई राम्रो मौका भएको बताए।

 

संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको कार्यक्रममा पत्रकारहरु द्दारा बहिष्कार,पत्रकार नपुगे पछी

नुवाकोट- नुवाकोटमा नेपाल प्रेस युनियनले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।

नुवाकोट सदरमुकाम बिदुरस्थित आईतबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।

नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीले बताएका छन ।

अधिकारीले मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत बताए

कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् ।लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।

अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् । नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुन सक्ने गैर जिम्मेवार जवाफ दिन्छन् ।तर, हामीले उनलाई दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने नाजवाफ हुन्छन । यो बिषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको छ । उनी विरुद्ध दोहार नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले बताए ।

दोहोरो नागरिकताधारी वडा अध्यक्ष पठानमाथि यस अघि सरकारी जग्गा किर्ते तथा लागुऔषध मुद्धामा चलेको थियो । लागूऔषधको मुद्धामा उनले सफाइ पाए पनि सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा चलिरहेको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार