logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराको व्यस्त बजारमा नै चट्याङ लाग्यो यस्तो छ अवस्था………


  • राजनीति
  • सोमबार, बैशाख ३० २०७६

पोखरा- पोखरामा आइतबार साझ पाचँ बजे एक घरमा चट्याङ परेको छ। अपरान्हपछि एक्कासी बदलिएको मौसम सगैं हावाहुरी सहितको बर्षा हुदाँ परेको चट्याङले पोखराको नागढुंगा स्थित एक पक्की घरमा क्षति पुगेको हो ।

घरमै चट्याङले हान्दा तलाको ढलानमै ठूल्ठूला प्वाल परेको छ । मानवीय क्षति भने हुन पाएन । प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसँगै आगोको मुस्लो घरतिर आएको थियो ।

शहर बीचमै यसरी चट्याङले हान्दा स्थानीय चिन्तित छन् । घर निर्माणका क्रममा एन्टीलाइटिङ अर्थिङ प्रभावकारी ढंगले गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

कस्तो प्रश्न थियो, उपप्रधानमन्त्रीले माइक फाल्दै अन्तर्वार्ता छोडे (भिडियो हेर्नुस)

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्रले एभिन्यूज खबरको प्रश्नको सामना गर्न नसकेपछि स्टुडियोबाट बाहिरिएका छन् ।आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधानमन्त्री यादवले सरकारको भ्रष्टाचार र अनियमितताबारे प्रश्न राखेपछि जवाफ दिन अस्वीकार गरेका हुन् ।भ्रष्टाचारको विषयमा मन्त्री यादवले जवाफ दिन आनाकानी गरेपछि प्रश्नकर्ता सुशील पाण्डेले पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर उनी उल्टै प्रश्नकर्तामाथि खनिए ।प्रश्न कर्ता पाण्डेले पटक–पटक जवाफ दिन आग्रह गर्दा पनि गैरजिम्मेवार बन्दै उनी स्टुडियोबाट बाहिरिए । सरकारका जिम्मेवार मन्त्री नै सञ्चार माध्यमको सामना गर्न नसकेर एकाएक स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको छ ।

अनुहार चम्किलो बनाउने १० घरेलु तरिका

अनुहार चम्काउन मानिसहरु सौन्दर्य प्रसाधनमा हजारौं खर्च गर्छन्। ब्युटी पार्लर धाउँछन्। तर कतिपय यस्ता सामग्रीले अनुहार कुरुप बनाएका थुप्रै उदाहरण पनि छन्। मापदण्डभन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिकाप्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइँदैन। केही यस्ता घरेलु तरिका छन्, जसले अनुहार चम्काउन मद्धत गर्छ।

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।
– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
– एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।
– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।
– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।
– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।
– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार