राजनीति
विश्वका अर्बपतिको सूचीमा परेका एक मात्र नेपाली विनोद चौधरीले नेकपा एमाले परित्याग गरेका छन् । चौधरी पहिलो संविधान सभामा एमालेको कोटाबाट समानुपालिक सभासद भएका थिए । पछिल्ला दिनसम्म पनि एमाले नेताहरुसँग राम्रै सम्बन्ध भएका चौधरीले रातारात काँग्रेस बनेका छन् । उनी काँग्रेसको कोटाबाट समानुपालिक सूचीमा परेका छन् ।
एमालेका चन्दादाता चौधरी एमाले–माकेबीचको एकताबाट असन्तुष्ट बनेका थिए । उनले एमाले नेताहरुलाई माओवादी केन्द्रसँग गठबन्धन नबनाउन समेत सुझाव दिएका थिए । तर, उनको सुझावले काम गरेन ।
अर्बपति चौधरीको एक वर्ष पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नै मनमुटाव भएको थियो । स्रोतका अनुसार माइतिघरस्थित एक घरमा भएको भेटको क्रममा प्रचण्ड र चौधरीबीच भनाभन नै भएको थियो । चन्दा र लगानीका विषयमा प्रचण्ड र चौधरीबीच भनाभन भएको हुन सक्ने स्रोतका दाबी छ । चौधरीले काँग्रेसमा प्रवेश गर्नुका मुख्या कारण प्रचण्डसँग खटपट पर्नु र एमाले–माके एकताको प्रक्रिया जानु भएको बताइन्छ ।
अहिलेसम्मका सबै चुनावमा आर्थिक भरोसाका केन्द्र चौधरी काँग्रेसमा प्रवेश गर्दा एमालेलाई ठूलो चोट पुगेको छ ।
यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनको क्रममा एमालेले नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन्