राजनीति
कार्तिक १४ आश तमु,पोखरा /
वामलोकतान्त्रीक शक्ति निमार्ण गरेर मात्र देशमा नयाँ बैकल्पिक शाक्ति निमार्ण गर्न सक्ने डा भट्टराईले बताएका छन । नेपाल प्रेस सोसाईटी कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक डा। भट्टराईले नयाँ समाजवादी लोकतान्त्रीक धारमा जान खोज्दा दुई कम्युनिष्टले पुरानै ढाँचामा जान खोजेको, चुनावी चिन्हः पनि साझा चिन्हःको खोजि गरौं भन्दा नमानेको, फोरम र नयाँ शक्तिलाई बाहिर राखेर दुई पार्टीले कम्यिुनिष्ट केन्द्र बनाउने एउटा सोच भएकोले गर्दा पनि आफु बामएकताबाट बाहिरिएको संयोजक डा। भट्टराईले बताएका हुन ।
उनले भने “पुराना ठुला पार्टी एकै ठाँउमा आउदैमा ठुलो पार्टी बन्दैन, हाल कांग्रेससंग हामीले चुनावी तालमेल मात्र गरेका हौं कुनै गठवन्दन होईन ।” समाजवाद र लोकतान्त्रीक ढंगले अघि बढ्न खोज्दा पुराना कम्यिुनिष्टहरु धङधङी भएर हिडेकोले कम्युनिष्ट वामएकताबाट आफ्नो पार्टीको अस्तित्वको लागि बाहिरिएको उनले प्रष्ट्याए । उनले अंक गणितिय भाषामा भने जसरी माईनस माईनस जोडेर प्लस हुदैन ठुलो माइनस हुन्छ, त्यसरी नै कम्युनिष्ट पार्टीहरुको साईजमा आकार ठुलो हुन्छ, तर माइनल वान माईनस वान जोड्दा माईनस टु हुन्छ, तर हामीले त प्लस वान, प्लस वान चारवटा जोडेर प्लस फोर बनाउन खोजेका थियौं तर उहाँहरुले माईनस टु माईनस टु जोडेर माईनस फोर बनाउनु भयो त्यसैले यसले हित गर्दैन त्यसैले पनि हामी बाहिरिएका हौं । ”
बताएका संयोजक डा। भट्टराईले यसपालीको निर्वाचनमा जनताले आफुलाई गोर्खामा विकास निमार्ण गरेको मुल्याङकन गरी भोट दिनेमा विश्वास व्यक्त गरे । उनले भने “ मलाई जनताको विश्वास छ, म आफै क्षेमताको आधारमा विकास र समृद्धिमा लाग्छु । ” अवको नयाँ युग नयाँ ढंगले अघि बढ्नुपर्ने बताउदै उनले लोकतान्त्रीक करणका बाँकी काम संविधान संसोधनले गर्ने भएकोले अब आर्थिक विकास समृद्धिको आवश्यक भएकोमा जोड दिए । नेपाल प्रेस सोसाईटी कास्कीका संयोजक संजय मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।