राजनीति
पोखरा- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेन्जबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यमा केन्द्रित रहेर छलफल भएको बताइएको छ।
केही महिनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र सो क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाईमा पुर्याउन भूमिका खेलेको चर्चा गरेका गृहमन्त्री सचिवालय स्रोतले जनाएको छ ।